|

गुल्मी : गुल्मीका दुई स्थानीय तहले सोमबार सार्वजनिक बिदा दिएका छन्।

जिल्लाको कालीगण्डकी र सत्यवती गाउँपालिकाले राष्ट्रिय मगर दिवसको अवसरमा फागुन १५ गते सोमबार सार्वजनिक बिदा दिएका छन्।

पालिकाभित्र जनजातिको बाहुल्य रहेको र उनीहरूको आफ्नै संस्कृति भएकाले पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको सत्यवती गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले जानकारी दिए।

स्थानीय जातजाति, भाषाभाषी र संस्कृतिको जगेर्ना गर्नु स्थानीय सरकारको दायित्व भएको पाण्डेको भनाइ छ।

कालीगण्डकी र सत्यवतीमा रहेका वडा कार्यालयहरू, विद्यालय, स्वास्थ्य संस्था तथा संघ संस्थाहरू बन्द रहने गाउँपालिकाले जनाएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.