|

धनकुटा : कृषि ज्ञान केन्द्र धनकुटाले किसानलाई मिनीटिलर, टनेल, मल र बिउ वितरण गरेको छ। केन्द्रले मुख्य राजमार्ग लक्षित कार्यक्रमअन्तर्गत गुराँशे गाइपालन कृषक समूहलाई ५० प्रतिशत अनुदानमा मिनिटिलर र शतप्रतिशत अनुदानमा टनेल र बिउ वितरण गरेको हो।

कृषि ज्ञान केन्द्र धनकुटाले धनकुटा नगरपालिका वडा नं. २ को गुराँशे गाईपालन कृषक समुहका १० जना कृषकलाई ५० प्रतिशन अनुदानमा मिनीटिलर उपलब्ध गराएको हो। यस्तै, केन्द्रले समूहमा रहेका किसानलाई प्लाटिक टनेल, बिउ र मल शतप्रतिशत अनुदानमा वितरण गरेको छ।

मुख्य राजमार्ग लक्षित कार्यक्रममा पर्ने सडक, बिद्युतको पहुँच लगायतका मापदण्डमा गुराँशे गाईपालन कृषक समूह छनोट भएको हो।

खेती कार्यलाई यान्त्रीकरण गरी छिटोछरितो र लागत घटाउने उद्देश्यले मिनीटिलर सहयोग गरिएको कार्यालयका प्रमुख नगेन्द्र बहादुर रानाले जानकारी दिए।

मिनिटिलरका लागि ज्ञान केन्द्रले ५ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको थियो भने किसानको ५ लाख रुपैयाँ लागत सहभागिता रहेको छ।

ज्ञान केन्द्रले ७५ प्रतिशत अनुदान दिने र किसानको लागत सहभागिता २५ प्रतिशन हुनुपर्ने कार्यक्रम भए पनि सबै किसानलाई मिनिटिलर नआउने भएपछि आफूहरुले ५ लाखको लागत सहभागिता रहेको गुराँशे गाइपालन कृषक समूहका अध्यक्ष भीम रानाले बताए।

उनका अनुसार ज्ञान केन्द्रले ५ लाख अनुदान दिएको र किसानको २ लाख ५० हजार लागत सहभागिता रहनेमा ५ लाखको लागत सहभागिता रहेको छ। गुराँशे गाईपालन कृषक समुह रहेको स्थान तरकारीबालीका लागि उर्बर र गाईपालनका लागि प्रख्यात मानिन्छ।

मिनिटिलर पाएपछि गोरु पाल्नलाई झन्झट र जोत्न ढिलो हुने समस्याबाट मुक्त हुने अपेक्षा रहेको अध्यक्ष रानाले बताए।

नेपाललाई कृषिप्रधान मुलुक भन्ने गरिएको छ। तर, किसानले आधुनिक प्रणालिले खेति नपाएको गुनासो गहिरहेका बेला अनुदानमा मिनिटिलर, प्लाटिक टनेल, विउ र मल वितरण गरेपछि किसान उत्साहित भएका छन्। कृषि ज्ञान केन्द्र धनकुटाले पाख्रिबास नगरपालिकाको लिसिम्बु, धनकुटा नगरपालिकाको बेलाहारामा पनि मिनिटिलर वितरणको तयारी गरिरहेको जनाएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.