|
प्रतीकात्मक तस्विर

कञ्चनपुर : भीमदत्त नगरपालिका–३ भाँसीबाट प्रहरीले भारतबाट ल्याइँदै गरेको बेवारिसे १० लाख रुपैयाँ बराबरको औषधी बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार विशेष सुराकीका आधारमा सोमबार औषधी बरामद गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको सादा पोशाकको प्रहरीको टोलीले ८१० थान सेगोप्लेक्स, एक हजार थान बोनभिटा र एक हजार ८० थान न्युरोक्याक्स बरामद गरेकोप्रहरी नायब उपरीक्षक डाँगीले बताए।

बरामद औषधी भन्सार कार्यालय गड्डाचौकीलाई बुझाएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.