१० जना निलम्बित ६ जनासँग स्पष्टीकरण

|

सल्यान : नेपाली कांग्रेस सल्यान क्षेत्र नं. २ ले विभिन्न नेता तथा कार्यकर्ताहरुलाई कारबाही गरेको छ। वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेकाहरुलाई सहयोग नगरेको तथा पार्टी नीतिविपरीत काम गरेको भन्दै उनीहरुलाई कारबाही गरेको नेपाली कांग्रेस सल्यान क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति सन्तोष केसीले जानकारी दिए।

नेपाली कांग्रेस सल्यान क्षेत्र नं. २ ले १० जना नेता तथा कार्यकर्ताहरुलाई आजीबन साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ। आजीवन कारबाहीमा पर्नेहरुमा कपुरकोट गाउँपालिकाबाट विष्णु शर्मा र खडक केसी छन्।

यस्तै, छत्रेश्वरी गाउँपालिकाबाट केश बहादुर बिष्ट, दीपेन्द्र कवर, डम्बर खत्री छन्। यस्तै शारदा नगरपालिकाबाट साबित्रा राई, टोप बहादुर मल्ल, तुल्सी राम बस्नेत, रेशम बुढाथोकी र धन बहादुर विश्वकर्मा छन्।

यस्तै, नेपाली कांग्रेस सल्यान क्षेत्र नं. २ ले ६ जना नेता तथा कार्यकर्ताहरुसँग स्पष्टीकरण माग गरेको छ। स्थानीय निर्वाचनमा सहयोग नगरेको भन्दै विभिन्न नेता तथा कार्यकताहरुलाई १५ दिन भित्र स्पष्टीकरण दिन माग गरेको हो।

जसमा कपुरकोट गाँउपालिकाबाट टीका केसी, छत्रेश्वरी गाउँपालिकाबाट श्याम बहादुर रेग्मी, त्रिवेणी गाउँपालिकाबाट धुर्व श्रेष्ठ छन्। यस्तै शारदा नगरपालिकाबाट सचेत साह, सहदेब थापा र कालीमाटी गाउँपालिकाबाट गणेश केसीलाई १५ दिनभित्र स्पष्टीकरण दिन भनेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.