|

हुम्ला : नेपाल र चीनको सीमा क्षेत्रमा पर्ने हुम्ला जिल्ला र तिब्बतको पुराङ्क कन्ट्रीका स्थानीय अधिकारीबीच दुई देशको सीमा सुरक्षाका विषयमा वार्ता हुने भएको छ।

वार्तामा नेपाली टोलीका तर्फबाट प्रमुख जिल्ला अधिकारी पौडलको नेतृत्वमा प्रहरी नायब उपरीक्षक कमल प्रसाद नेपाल, जिल्ला समन्वय समितिका सचिव लोक बहादुर सुनार, जिल्ला वन अधिकृत लोकजंग शाही, सहायक प्रमुख जिल्ला अधिकारी रिद्धप्रसाद  सिटौला सहभागी हुनेछन्।

जेष्ठ २४ गते बुधवार  बिहान १० बजेबाट वार्ता सुरु हुने प्रमुख जिल्ला अधिकारी धन प्रसाद शर्मा पौडेलले बताए। वार्तामा सीमा सुरक्षा, तिब्ततबाट  आयात हुने खाद्यान्न,तेल, निर्माणका  सामाग्री  र कैलाश मानसरोवर दर्शनमा नेपालीको सहजताका विषयमा छलफल हुने  प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • सहायक प्र जि अ सहभागी हुने होइन। उल्लेखित का अतिरिक्त अनुसन्धान अधिकृत तिलक के सि पनि सहभागी हुनुहुन्छ ।