|

काठमाडौं : नेकपा एमालेले प्रधानमन्त्री पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ। मंगलबार बिहान बसेको एमाले स्थायी समितिको बैठकले प्रधानमन्त्री पदमा उम्मेदवारी नदिने निर्णय गरेको हो। 

स्थायी समिति बैठकपछि एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रधानमन्त्रीमा उम्मेदवारी नदिने, विपक्षमा मतदान गर्ने र प्रभावकारी प्रतिपक्षमा बस्ने निर्णय गरेको जानकारी दिए। पार्टीभित्र उम्मेदवारी विवादका कारण उम्मेदवारी नदिने निर्णय गरिएको त होइन भन्ने प्रश्नमा उनले उम्मेदवारीका विषयमा विवाद नरहेको दावी गरे।

स्थायी समितिको बैठकपछि प्रचार विभाग प्रमुख भट्टराईले जारी गरेको विज्ञप्तिमा बैठकले नेपालको राजनीतिमा देखिएका पछिल्ला घटनाक्रम तथा प्रकट/अप्रकट षड्यन्त्रहरूले संवैधानिक तथा लोकतान्त्रिक प्रक्रियालाई अवरुद्ध गरी मुलुकमा राजनीतिक रिक्तता सिर्जना गर्ने षड्यन्त्रहरू भएकोले सबै राजनीतिक दल तथा जनतालाई सजग रहन आह्वान गरिएको छ।

यसैगरी, एमाले महासचिव ईश्वर पोखरेलले 'जिम्मेवार प्रतिपक्षको भूमिका खेल्ने निर्णय गरेको' ट्‍विट गरेका छन्। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.