|

लहान : नेकपा एमालेका कार्यकर्ताले पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार क्षेत्रमा रहेका सोलार बत्तीको खम्बामा पार्टीको झण्डा झुण्ड्याएपछि स्थानीयले विरोध गरेका छन्। त्यसक्रममा बिहीबार साँझ केहीबेर तनावसमेत भएको थियो।

एमाले कार्यकर्ताले सार्वजनिक स्थानमा पार्टीको झण्डा झुण्ड्याएको भन्दै बजार क्षेत्रका व्यापारी, बासिन्दाहरु सडकमा भेला भएर विरोध जनाएका थिए। त्यसक्रममा केहीबेर तनाव उत्पन्न भएको स्थानीय बासिन्दासमेत रहेका नेपाल पत्रकार महासंघ सिरहा शाखाका उपाध्यक्ष गणेशप्रसाद साहले जानकारी दिए।

सार्वजनिक स्थानमा पार्टी विशेषको झण्डा टाँगेको भन्दै स्थानीय बासिन्दा र व्यापारीहरु सडक क्षेत्रमा जम्मापछि झण्डा टाँग्ने एमाले कार्यकर्ताहरु लाखापाखा लागेका थिए। विवादले झडपकै अवस्था सिर्जना हुन लागेपछि प्रहरीले जेसिबी स्काभेटरको सहयोगमा झण्डाहरु निकालेको थियो।

संविधान संशोधनको विरोध गरेको भन्दै विशेषगरी मधेसकेन्द्रित दलका कार्यकर्ता तथा समर्थकहरु एमालेप्रति रुष्ट छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.