|

काभ्रे  : बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठले प्रेस जगतलाई अङ्कुश लगाउने खालको कुनै कानुन वा गतिविधि गर्न नदिने बताएका छन्।

शानिबार बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय सञ्चार रजिष्टार कार्यालय हेटौंडाको आयोजनामा काभ्रेको धुलिखेलस्थित ५ दिनदेखि सञ्चालन ‘डेटा ड्रीभन पत्रकारिता तालिम’को समापन कार्यक्रम यस्तो बताएका हुन्।

मन्त्री श्रेष्ठ भने, ‘प्रेसलाई अङ्कुश लागउने कानुन तथा कुनै खालको गतिविधि गर्न दिने छैन। यस्तो काम मबाट र अरुबाट समेत हुन दिइन्न।,’

मन्त्री श्रेष्ठले नेता भाषण मात्रै गर्ने र पत्रकार निबन्ध लेख्ने शैली पछिल्लो समय कम हुँदै गएको बताए। उनले डेटा ड्रिभन पत्रकारिता तालिमले डाटा पत्रकारितातिर बामे सार्दै जानेमा आफु विश्वास्त रहेको बताए।

उनले थपे, ‘नेता भाषण गर्छ, पत्रकार निबन्ध लेख्छ । तर यो डेटा ड्रिभन पत्रकारिता तालिमले थप बामे सार्ने सहयोग पुग्ने अपेक्षा गरेको छु।’

मन्त्री श्रेष्ठले केन्द्रमा राष्ट्रिय समाचार समिति (रासस) जस्तै प्रदेशमा समेत छुट्टै सञ्चार समिति बनाएर काम गर्ने बताए। पत्रकारिता क्षेत्र लागेका नयाँ पुस्तालाई जीवन, देशसँग जोडिने र यसै पेशाबाट बाँच्न सक्ने आधार बनाउने कार्यमा गम्भीर रुपमा छलफल भइरहेको उनको भनाइ छ।

मन्त्री श्रेष्ठले नेपालको पन्चायत कालीन कानुनहरु फेरिन आवश्यक बताए। संघीय लोकतान्त्रिक गणतन्त्रमा समेत पञ्चायतकालीन ऐन, कानुनको आधारमा राज्य सञ्चालन हुनु दुःखद् रहेको बताए। उनले यसले संविधानमा थप जटिलता थपेको र यो बाध्यत्मक अवस्थालाई फेर्न दत्तचित्त भएर लाग्ने प्रतिबद्ध व्यक्त गरे। 

बागमती प्रदेशमा कृयाशिल पत्रकारहरुको लागि ५ दिन सम्म सञ्चालन ‘डेटा ड्रीभन पत्रकारिता तालिम’मा काभ्रे, मकवानपुर, ललितपुर, दोलाख, नुवाकोट लगायत बागमती प्रदेशका जिल्लाहरुको पत्रकार सहभागी थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.