|

  • शैलेन्द्र समदर्शी-

दार्जिलिङ : भाषा विवाद उग्र बनेपछि दार्जिलिङमा भूभागको आन्दोलन ब्युँतिने सम्भावना बाक्लिएको छ। शनिवार सञ्चार माध्यमसँग कुराकानी गर्दै गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) प्रमुख विमल गुरुङले अब दलको एउटै मुद्दा गोर्खाल्याण्ड हुने बताएका छन्।

शनिबार दलको केन्द्रीय समितिको आपतकालीन बैठकमा बिहीवार प्रहरीसँग भएको हिंसात्मक झडप, राज्यको अतिक्रमण र दलको आगामी रणनीतिबारे छलफल भएको थियो। बैठकले गोर्खाल्याण्डलाई एक सूत्रीय एजेण्डा बनाउँदै गोर्खाल्यान्डका लागि जेठ ३० गते क्षेत्रीय दलहरूलाई लिएर सर्वदलीय बैठक डाक्ने निर्णय गरेको छ।

केन्द्रीय समितिको बैठकपछि मोर्चा महासचिव रोशन गिरीले उनले भने, 'अब गोरखा जनमुक्ति मोर्चाले केवल गोर्खाल्यान्डको आन्दोलन गर्नेछ।'

अब दल जीटीए चलाउने पक्षमा नरहेकोले गोर्खाल्यान्ड नै दिनुपर्ने माग गर्दै देशका प्रधानमन्त्री र गृहमन्त्रीसँग दल प्रमुख विमल गुरुङले कुराकानी गरिसकेको गिरीले थप जानकारी गराए। 'यसै मागलाई दोहोऱ्याउन दलको प्रतिनिधि टोली चाँडै दिल्ली जानेछ', उनले भनेका छन्।

आन्दोलनका के के कार्यक्रम छन्?

राज्यको कठोर दमन नीतिले आक्रोशित देखिएको मोर्चाले केही प्रतिरक्षात्मक कार्यक्रमको घोषणा गरेको छ। एकातिर राज्यको चरम दबाब र अर्कोतिर जनाधार गुम्न सक्ने भय, अहिले गोरखा जनमुक्ति मोर्चामा देखिएको छ। यस्तोमा आन्दोलनकारी दलले जुन कार्यक्रम सार्वजनिक गरेको छ, सबै यसअघि गरिसकेको कार्यक्रम छन्। यद्यपी यसपटक यसलाई कठोरपूर्वक र निरन्तर गर्ने प्रतिबद्धता देखाएको छ।

मोर्चाले सोमबारदेखि जीटीए, राज्य र केन्द्र सरकारका कार्यालयहरू बन्द गर्नेदेखि दार्जिलिङ पहाड़, तराइ र डुबर्समा नेपाली र अङ्ग्रेजीमा साइनबोर्ड लेखिने, गोर्खाल्यान्ड माग्दै दलको प्रतिनिधि टोली दिल्ली जानेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.