|

  • प्रकाश पार्की

डडेल्धुरा : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेस नेता तथा कार्यकर्ता आन्दोलित भएका छन्।

सभापति देउवाले स्थानीय तहको निर्वाचनका लागि टिकट वितरणमा एकलौटी गरेको भन्दै गृह जिल्ला डडेल्धुरामा नेता तथा कार्यकर्ताले विरोध प्रर्दशन गरेका हुन्।

कार्यकर्ताको मुल्याङ्कन नगरी आर्थिक चलखेलमा टिकट वितरण भएको उनीहरुको आरोप  छ। गाउँ समिति तथा नगर समितिले सर्वसम्मत रुपमा दिएका टिकट समेत खोसिएपछि आफुहरु आन्दोलित भएको असन्तुष्ट कार्यकर्ताहरुको गुनासो छ।

स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनौट गर्दा जिल्लाका नेता तथा कार्यकर्ताको सुझाव विना एकलौटी रुपमा उम्मेदवार घोषणा गरेको आरोप आन्दोलनरत कांग्रेस कार्यकर्ताले लगाएका छन्।

आज अपरान्ह बागबजारदेखि तुफानडाँडासम्म हातमा कालोपट्टी बाँधेर विरोध र्‍यालीमा निस्किएका कार्यकर्ताहरुले विरोधका कार्यक्रम निरन्तर जारी रहने बताए। र्‍यालीमा जिल्ला उपसभापति करुणाकर भट्ट, नगर सभापति र महाधिवेशन प्रतिनिधिहरुसहित अन्य नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो।

प्रधानमन्त्रीकै गृह जिल्लामा कांग्रेस दुई गुटमा विभाजित छ। नेपाली कांग्रेसका पार्टी सभापति देउवाले जिल्ला सभापति तथा जिल्लाका स्थानिय कमिटीलाई समेत बेवास्ता गर्दै उमेदवार चयन गरेको कांग्रेस असन्तुष्ट नेताहरुको आरोप छ।

असन्तुष्ट नेताहरुले पार्टीले टिकट नदिएपछि स्वतन्त्र रुपमा उम्मेदवारी दिने बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.