|

जनकपुरधाम : स्थानीय निर्वाचनको विरोध गर्दै आएको मधेशी मोर्चाले अाह्वान गरेको बन्दका कारण जनकपुरसहित धनुषा ठप्प भएको छ।

सरकारसँग विभिन्न चरणमा भएका सम्झौता कार्यान्वयन र अधिकारप्राप्तिको आन्दोलनमा शहीद भएहरूको मुद्दा सम्बोधन नभएसम्म  निर्वाचनमा नजाने भन्दै मोर्चाले गरेको बन्दका कारण धनुषाको जनजीवन प्रभावित भएको हो। बन्दका कारण महोत्तरीलगायत तराईका अन्य  जिल्ला पनि प्रभावित भएका छन्।

धनुषाको गाउँ–गाउँबाट राजपाका नेता कार्यकर्ताहरू सदरमुकाम जनकपुरको चोक–चोकमा टायर बालेर प्रदर्शन गरिरहेका छन्। जनकपुरको रामानन्द चोक, पिडारी चोक, भ्रमरपुरा चोक, जिरोमाइल, शिवचोक र जनकचोक लगायतका स्थानमा बन्दकर्ताहरुले विरोध प्रदर्शन गरिरहेका छन्।

संविधान संशोधन विना आसन्न निर्वाचनमा नजाने अडानका साथ सडकमा उत्रेको राजपाका नेता तथा कार्यकर्ताहरुले उपेन्द्र यादवको विरोधमा समेत नाराबाजी गरेका छन्। बन्दका कारण जनकपुरबाट छुट्ने सवारी साधन तथा आउने सवारी साधन रोकिएका छन्।बन्दको प्रभाव अन्य क्षेत्रमा जस्तै शैक्षिक क्षेत्रमा पनि परेको छ। शिक्षण संस्था बन्द भएका छन्। 
प्रदर्शनमा सहभागीहरूले मधेसको माग पूरुा नभई निर्वाचनमा गएको भन्दै संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको समेत विरोध गरेका छन्।
 
    

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.