|

  • गोविन्द महतो

जनकपुरधाम : बन्दको अवज्ञा गरेको भन्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका कार्यकर्ताले महोत्तरीमा एमाले सांसद् चढेको गाडी तोडफोड गरेका छन्।

आफ्ना माग पूरा नभएसम्म स्थानीय निर्वाचनमा सहभागी नहुने भन्दै आन्दोलनमा होमिएको राजपाका कार्यकर्ताले मंगलबार महोत्तरीको औरही गाउँपालिकास्थित औराही बजारमा एमाले सांसद् दीपनारायण साह सवार गाडीमा तोडफोड गरेका हुन्। साह संसदमा महोत्तरी ५ बाट प्रतिनिधित्व गर्छन्।

बर्दिबास-औरही-जलेश्वर सडकखण्डअन्तर्गत औरही बजारमा भेला भएका राजपाका कार्यकर्ताले सांसद साह सवार बा १२ च ९६९ नम्बरको गाडीमाथि ढुंगामुडा गरेका हुन्। त्यसक्रममा गाडीको शिशा फुटेको नेपाल प्रहरीका डिएसपी शालिग्राम शर्माले जानकारी दिए।

ढुंगामुडा प्रहार हुन थालेपछि चालकले गाडीलाई तीव्र गतिमा गुडाएर ज्यान जोगाएका थिए। सांसद साह अहिले बर्दिवास प्ररहीको सुरक्षामा छन्।

यसैबीच बन्दको अवज्ञा गरेको भन्दै राजपाका कार्यकर्ताले जनकपुरमा पनि ३ वटा गाडी तोडफोड गरेका छन्। जनकपुरको मुजेलियामा ना ५ ख २८६८ नम्बरको मालबाहक ट्रक तथा पिडारी चोकमा ज १ च ८२२५ नम्बरको टयाक्टर र ज १ त ४३३ नम्रको म्याजिक भ्यानमा तोडफोड भएको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.