|

डडेल्धुरा : डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्षमा पुनः करुणाकर ओझा नियुक्त भएका छन्। विकास समितिका अध्यक्ष ओझाको हालै तीनवर्षे पदावधि सकिएको थियो।

उनको ठाउँमा गत महिना लक्ष्मण सिंहलाई अध्यक्ष नियुक्त गरिएको थियो तर बुधबार पदभार ग्रहण गरेको केही घन्टा नबित्दै सिंहको जिम्मेवारी बदर गरिएको छ। उनलाई अस्पतालका कर्मचारी तथा जिल्लावासीले भव्य स्वागत गरेका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रिस्तरको निर्णयले सिंहको ठाउँमा पुरानै अध्यक्ष ओझालाई मनोनीत गरेको छ। यसअघि प्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मन्त्रिस्तरको वैशाख १७ गतेको निर्णयानुसार वैशाख २३ गतेदेखि लागू हुने गरी सिंहलाई अध्यक्ष नियुक्त गरिएको थियो।

सिंहलाई डडेल्धुरा अस्पताल डडेल्धुराको अध्यक्ष र तेज साउदलाई सदस्यमा मनोनीत गरिएको थियो। बुधबार साँझै स्वास्थ्य मन्त्रालयबाट उनको पद बदर गरिएको भन्दै अर्को पत्र अस्पताल पुगेको छ।

बुधबार नै स्वास्थ्य तथा जनसंख्या मन्त्रिस्तरको निर्णयले अध्यक्षमा उनीसहित सदस्यमा देवकी भट्ट र जनक मल्ललाई मनोनीत गरेको भनेर पत्र आएको अस्पतालका निमित्त मेसु चेतराज भट्टले जानकारी दिए।

उनका अनुसार एक साताअघि मात्रै अस्पतालको अध्यक्षमा नियुक्त भएका लक्ष्मण सिंहको मनोनयन बदर गरिएको पत्र पनि अस्पताललाई प्राप्त भइसकेको छ। सिंह नेकपा माओवादीमा केन्द्रमा आबद्ध छन् भने ओझा केही समयअघि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.