|

काठमाडौँ : पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिकूल स्वास्थ्य अवस्थाका कारण नक्कली भुटानी शरणार्थी समस्याबारे बोल्न नपाएको बताएका छन्।

स्वास्थ्यले साथ नदिएकाले बिहीवारको संसद्को बैठकमा सहभागी हुन नसकेको बताउँदै स्वास्थ्यमा सुधार आएपछि यस विषयमा बोल्ने दाबी गरेका छन्।

यसअघि उनले नक्कली शरणार्थीबारे बोल्ने बताउँदै आएका थिए। यसअघि ओलीले आफूले चासो राखेर उनीहरूको पुनःस्थापनाका लागि अमेरिकालाई अनुरोध गरेको बताएका थिए।

उनले सामाजिक सञ्जाल फेसबुकमा  लेखेका छन्‚ ‘नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूले थाहा पाएका तथ्यहरू संसद्समक्ष राख्ने मैले यसअघि बताएको थिएँ। स्वास्थ्यमा सुधार आएपछि त्यस विषयमा संसद्मा बोल्ने नै छु।’

यसैगरी महिनाको पहिलो साता प्रधानमन्त्री र सांसदबीच जनताका जल्दाबल्दा विषयमा सवालजवाफको नयाँ प्रचलन सुरु गर्नु उचित काम भएको बताएका छन्।  यसैगरी देशको भविष्य प्रभावित पार्ने प्रश्नको उत्तर दिएर मात्र नभई  जनतालाई अनुभूति हुनेगरी परिणाम दिनुपर्ने उनको कथन छ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.