१ लाख भुरा स्यार्पु तालमा छाडियो

|

रुकुम : रुकुममा एक कर्षि सहकारीले व्यवसायिक माछापालन सुरु गरेको छ। माछापालनका लागि प्रसिद्ध स्यार्पु तालमा १ लाख बढी माछाका भुरा छोडिएको छ। बाफिकोट गाउँपालिका वडा नम्बर ३ मा पर्ने स्यार्पु तालमा व्यावसायिक माछा पालनका लागि बाँफिकोटस्थित कृषि सहकारी संस्थाले माछाका भुरा छोडेको हो।

संस्थाले १ लाख ७ हजार माछाका भुरा तालमा छाडिएको छ। जिल्ला कृषि विकास कार्यालयको १ लाख ५० हजार सहयोगमा भैरहवाबाट कमन कार्प र ग्राफ कार्प जातका माछाका भुराहरु ल्याइएका हुन्।

संस्थाका अध्यक्ष चन्द्रबहादुर केसीका अनुसार स्यार्पुतालमा ५ वर्षदेखि माछा पालन भइरहेको छ र त्यसकै निरन्तरतास्वरुप यस वर्ष पनि माछाका भुराहरु छोडिएको हो। उनका अनुसार गत वर्षको तुलनामा यो वर्ष २ हजार बढी माछाका भुरा तालमा छाडिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.