|

रुपन्देही : सत्तारुढ दल नेपाल लोकतान्त्रिक फोरमका तीन जिल्ला संगठन रुपन्देही, कपिलवस्तु र नवलपरासीका अध्यक्ष तथा ५ केन्द्रीय सदस्यसहितको बैठकले  राजपाको आन्दोलनमा समर्थन गर्ने निर्णय गरेको छ।

पूर्वमन्त्री तथा केन्द्रीय सदस्यरु रामवच्चन यादव र वकिल मुसलमान, केन्द्रीय सदस्यहरु अनिल गौड, देवीप्रसाद चौधरी, सरिता चौधरी सहभागि बैठकले चुनाव बहिस्कारको घोषणा गरेको राजापालाई समर्थन गर्ने निर्णय गरेको हो।

बुधबार रुपन्देही जिल्ला कार्यालय भैरहवामा ५ जना केन्द्रीय सदस्यसहित बसेको बैठकले स्थानीय समस्यालाई ध्यानमा राख्दै राजपाको आन्दोलनमा समर्थन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य देवी प्रसाद चौधरीले जानकारी दिए।

‘देशको स्थिति कस्तो छ थाहै छ, यो समस्या समाधानका लागि सरकारले पनि चासो देखाइरहेको छ, उनले भने–तराई मधेशको समस्याबारे हामी चुप लागेर बस्न सकेनौं।’ उनले आन्दोलनमा समर्थन गर्नेबारे केन्द्रसँग छलफल गर्न आवश्यक नरहेको भन्दै भने,‘केन्द्रका नेताहरु पनि यसमा जवाफदेही हुनुपर्छ, हैन भने नेताहरु यहाँ आएर आन्दोलन गलत हो भन्न सकुन्।’

बैठकपछि रुपन्देही, नवलपरासी र कपिलवस्तुका जिल्ला अध्यक्षले निकालेको विज्ञप्तिमा मधेसी जनताको माग पूरा नगरी चुनावको घोषणा गरी मधेशमा द्वन्द्व निम्त्याउन खोजिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।

‘मधेशका जायज माग पूरा नभएसम्म स्थानीय निर्वाचनमा सहभागी हुने वातावरण नभएको हुँदा यथासिघ्र मधेशका मागलाई सम्बोधन गरी आन्दोलनरत दललाई समेत निर्वाचनमा सहभागी गराउन नेपाल सरकारसँग जोडदार माग गर्दछौं,'विज्ञप्तिमा भनिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.