|

काठमाडौं : संसदमा बुधबार प्रधानमन्त्रीका लागि निर्वाचन हुँदैछ। प्रधानमन्त्रीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमात्र उम्मेदवार छन्।

बुधबार संसद बैठक सुरु हुनु केही मिनेट अघिसम्म नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरु संविधानको विषयमा असहमति राखेर आन्दोलनरत संघीय गठबन्धनमा रहेका मधेस केन्द्रित दलहरुसँग छलफलमा थिए। अन्तत बुधबार दिउँसो पौने १ बजे तीन बुँदे सहमतिले अन्तिम रुप पायो।

सहमति भएपछि मधेसकेन्द्रित दलहरुले प्रधानमन्त्री निर्वाचनमा प्रचण्डलाई मतदान गर्ने भएका छन्। ३ बुँदे सहमतिको पहिलो बुँदामा मधेसी मोर्चा र बिभिन्न जातीय संगठनहरुले उठाएका माग बमोजम संविधान संशोधन गर्नुपर्ने विषयहरुलाई व्यवस्थापिका संसदबाट हल गर्ने उल्लेख गरिएको छ।

दोश्रो बुँदामा घाइतेहरुको उपचार, अंग भंग भएकाहरुलाई क्षतिपूर्ति र मृतकहरुलाई सहिद घोषणा गरी परिवारलाई राहत दिने लगायतका विषय उल्लेख गरिएको छ। त्यस्तै मधेस आन्दोलनमा भएका दमन, आगजनी र क्षतिको सत्यतथ्य छानबिन गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीशको संयोजकत्वमा आयोग गठन गर्ने पनि तीन पक्षका बीच सहमति भएको छ।

तेश्रो बुँदामा मधेस केन्द्रित दलहरुले प्रधानमन्त्रीको निर्वाचनमा कांग्रेस र माओवादीको समर्थन रहेका उम्मेदवार प्रचण्डलाई मतदान गर्ने विषय उल्लेख गरिएको छ। बुधबार बिहान संसद भवन नयाँ बानेश्वरमा बसेको तीन पक्षको बैठकले तीन बुँदे सहमतिलाई अन्तिम रुप दिएको हो।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.