|

बागलुङ : जिल्ला कारागार बागलुङमा क्षमता दोब्बर कैदीबन्दी राखिएको छ। कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा विभिन्न समस्या निम्तिएका छन्। 

कारागारको क्षमता ५० पुरुष र २५ महिला अटाउने रहेकामा हाल १६६ कैदीबन्दी राखिएको छ। कारागारमा हाल १५४ पुरुष कैदीबन्दी, १० महिला कैदीबन्दी र दुई नाबालिका छन्। 

कारागारमा ठाउँ अभावले महिलाभन्दा पुरुष कैदीबन्दीलाई बढी समस्या भएको जिल्ला कारागार बागलुङ कार्यालय प्रमुख डिलबहादुर केसीले जानकारी दिए। 

ठाउँ अभावले उनीहरू कोचाकोच गरेर सुत्न बाध्य छन्। महिला कैदीबन्दीलाई भने हाल समस्या छैन। कारागारमा खानेपानीको समस्या समाधानका लागि खानेपानी आयोजना अघि बढाएको केसीले बताए। तित्याङबाट यहाँ खानेपानी ल्याइँदै छ। यसका लागि २० लाख बजेट स्वीकृत भएको छ।

बागलुङ नगरपालिका–९ तित्याङस्थित रिठेखोलाको पानी बागलुङ कारागारमा ल्याउन सरसफाइ तथा खानेपानी डिभिजन कार्यालयले काम गरिरहेको छ। असार मसान्तभित्र कारागारमा मूलको पानी पुग्ने केसीले बताए। खानेपानी अभाव हुँदा कैदीबन्दीलाई सरसफाइ गर्न समस्या भएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.