|

काठमाडौं : बालसाहित्यकार विष्णुकुमारले पाँचवटा बाल कथासंग्रह बजारमा ल्याएका छन्। भुँडीपुराण प्रकाशनले बजारमा ल्याएका बालकथाका पुस्तकहरु सचित्र रहेका छन्।

‘मेरो रातु’, ‘पुन्टे स्याल’, ‘सानी र घाम’, ‘मलाई मन पर्छ’ र अंग्रेजी भाषाको ‘नीरुस् टीथ कम्पलेन' (नीरुको दाँतको दुखेसो) रहेका छन्।

‘मेरो रातु’मा बेलुनसँग रमाउने बालिकाको कथा रहेको छ। ‘पुन्टे स्याल’मा भोकाएको स्यालले हिरा भेटेपछिको रोमाञ्चकारी संवाद छ। स्यालले हिरा खान खोज्छ तर हिराले भन्छ, ' मलाई खानुभन्दा मलाई बजारमा बेचेर आएको थुप्रै पैसाले जीवनभर मोज गर।'

त्यस्तै वैज्ञानिक रहस्य खोल्ने कथा रहेको छ ‘सानी र घाम’ कथाको पुस्तकमा। जुन सानी भँगेरीले कल्पना गरेको वैज्ञानिक रहस्यमाथिको चित्रकथा हो। ‘मलाई मन पर्छ’ कथा साना बालबालिकाकालाई लक्षित गरेर लेखिएको छ।

अंग्रेजी भाषामा रहेको कथा ‘नीरुस् टीथ कम्पलेन' (नीरुको दाँतको दुखेसो)मा नीरुले दाँत माझ्दा अचानक गिजाबाट रगत आएपछि नीरु र दाँतबीच हुने संवाद हो। यसमा के के खाँदा दाँतमा असर हुन्छ र कसरी दाँत माझ्नुपर्छ भनेर दाँतले नै नीरुलाई सिकाउने कथा छ।

साठीको दशकदेखि बालसाहित्यमा निरन्तर कलम चलाउदै आएका विष्णुकुमार बाल मनोविज्ञान अनुरुप मनोरन्जनात्मक कथा लेख्छन्। उनका कथामा मान्छे मात्र नभई जंगल, जंगली जनावर, सूर्य लगायत कथाका पात्र छन्। विष्णुकुमारका ३० बालपुस्तक प्रकाशित भइसेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.