|

ताप्लेजुङ :सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा गत शनिबार गएको पहिरोमा परेका तीनजनाको अवस्था अझै अज्ञात छ। स्थानीय र नेपाल प्रहरीले खोजी जारी राखेका छन्।

सिदिङ्वा गाउँपालिका–६ मेहेले मुकुभञ्ज्याङमा शनिबार राति पहिराले एकै घरको तीन गरी चार जनाको बगाएको थियो। चारमध्ये आइतबार बिहान एकजनाको शव भेटिएको थियो।

एकै घरका परिवारको तीन जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रवक्ता कुशुराम कार्कीले बताए। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बूका अनुसार मेहेलेमा भालुखोपका ६३ वर्षीया भगीमाया बुढा क्षेत्री, बुहारी ३० वर्षीया सन्ध्या र नाति नौ वर्षीय प्रज्ज्वल अझै बेपत्ता रहेको जानकारी दिए।

जिल्ला प्रहरीका अनुसार आइतबार बिहान सिदिङ्वा–६ मेहेलेमा पहिरोमा परी एकै परिवारका बाबुछोराको मृत्यु भएको छ। गएको पहिरामा परी मेहेलेका ६७ वर्षीय केशरबहादुर राई र छोरा ३६ केशरकुमारलाई मृतावस्थामा फेला पारिएको थियो। पहिरोमा परी  ४५ वर्षीय राजकुमार राई गम्भीर घाइते अवस्थामा नेपाली सेनाको हेलिकोप्टरमार्फ उद्धार गरिएको थियो।

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार प्रतिकूल मौसमका कारण पाँचथर जिल्लामा आकस्मिक अवतरण गरेर पाँचथरमै उपचार भएको थियो। घाइते राईलाई थप उपचारका लागि आज बिहान नेपाली सेनाका हेलिकोप्टरमार्फत विराटनगरको न्यूरो अस्पतालमा पुर्‍याएको जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.