|

दाङः औषधि व्यवस्था विभागले दाङको घोराहीमा रहेको एक औषधि पसल सिल गरेको छ। विभागको शाखा कार्यालय नेपालगञ्जबाट आएको अनुगमन टोलीले शुक्रबार तुलसीपुर चोकस्थित पल्लवी औषधि पसलमा छापामारी सिल गरेको हो।

उक्त औषधि पसलले औषधिको अनुचित प्रयोग र दुरूपयोग गरेको भन्दै अनुगमन टोलीले केही औषधि जफत गरी पसलमा सिलबन्दी गरेको हो। आधा दर्जन बढी विभिन्न प्रकारका औषधि नेपालमा बिक्रीका लागि अनुमति नपाएका र गर्भपतनका लागि प्रयोग गरिने औषधि फेला परेपछि टोलीले पसल सिल गरेको जनाएको छ। 

त्यसैगरी एलोपेथिक औषधि पसलमा आयुर्वेद औषधि राखेको, बिक्रीका लागि नेपालमा दर्ता नभएका भारतीय औषधि, गैरकानुनी रूपले गर्वपतनको औषधि राखेको पाइएको विभागले जनाएको छ।

दुई लाख रुपैयाँको पुँजीमा पसल दर्ता भए पनि सोभन्दा बढीका औषधिहरू फेला परेपछि सिलबन्दी गर्नुपरेको विभागका औषधि निरीक्षक यादवप्रसाद ढकालले जानकारी दिए। अनुगमनमा आएको विभागको टोलीले सच्याउन पल्लवी औषधि पसललाई निर्देशन दिए पनि सुधार नभएपछि सुराकीका आधारमा छापा मारेको जनाएको छ। 

यसै क्रममा केही औषधि पसल सञ्चालकहरूले अनुगमनका लागि टोली दाङमा आएको थाहा पाएपछि केही पसल बन्द गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.