|

पर्वत : जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषधको मुद्दामा एक जना विदेशी महिलासहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवणकुमार बिकका अनुसार असार ६ गते लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौँ तथा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीको टोलीले गोप्य सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेकामा मोरङको विराटनगर महानगरपालिका–१२ स्थायी घर भइ हाल कास्कीको पोखरा महानगरपालिका–६ लेक साइडमा बस्दै आइरहेका २६ वर्षीय राज गौतम र चेक रिपब्लिकबाट जारी भएको ४६५७०३३३ नम्बरको राहदानी बाहक ३२ वर्षीया मार्टिना सेर्ना रहेका छन्।

उनीहरू लागू औषधसँग जोडिएको विषयमा गोप्य सूचना पाएको प्रहरीले उनीहरूलाई पछ्याउँदै आइरहेको थियो। उनीहरूलाई शङ्कास्पद अवस्थामा देखेपछि शरीर तथा झोला खानतलासी गर्दा २६ थान एलएसडी (लसर्जिक एसिड डायाथलीमाइड), आइस जस्तै देखिने एम्फेटामाइन चार सय मिलिग्राम र दुई थान मोबाइल बरामद भएको छ।

उनीहरूमाथि थप अनुसन्धानको लागि कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.