|

  • रमेश पराजुली-

सिन्धुपाल्चोक : सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका ४ कुविण्डेका दर्शन सापकोटाको क्षमता देख्दा अचम्म नमान्ने सायदै कोही होला। २०६१ साल चैत १४ जन्मिएका रमेश सापकोटा र दुर्गा बस्नेतका छोरा दर्शन कुनै दार्शनिक भन्दा कम लाग्दैनन्। उमेरले १२ वर्षका उनीको क्षमताको विषयमा सुन्दा लाग्छ, एउटा रमाईलो कथा भनिरहेको जस्तो लाग्छ।

काठमाडौं विशालनगरस्थित सेन्ट जर्ज इन्टरनेसनल स्कुलको कक्षा दुईमा अध्ययनरत बालक दर्शन दशकौं वर्ष पुराना तिथि मिति, बार, चाडपर्व, क्यालेन्डर र विशेष तथ्यांकहरुलाई सेकेन्डभित्र फरर भन्न सक्छन्। दश/बीस वर्षअघिका नेपाली तिथि मिति, त्यसभित्र पर्ने चाडपर्व र विशेष घटनाक्रमहरु जम्मै दर्शनलाई कण्ठस्थ छ।

कुनै भविष्यवाणी नगरेपनि दर्शनलाई दशकौ पुराना नेपाली क्यालेण्डर कण्ठै छ। क्यालेण्डरमा भएका जुनसुकै तिथि मिति वा समय सन्दर्भलाई सहजै भन्न सक्ने अद्भूत क्षमता उनले देखाएका छन्। क्यालेण्डरको मिति मात्र होइन उनलाई आफ्नो वरपरको घर परिवार, साथीहरु सबैको करिब ३ सय भन्दा धेरैको जन्मदिन एकै  पटक बताउँछन्।

'दर्शनमा भएको यस्तो खुबीको बारेमा छरछिमेकी र आफन्तहरुले बारम्बार कुरा गर्ने गर्थे। तर, हामीले उनको यस्तो अद्भूत क्षमता छ भन्ने परिकल्पना समेत गरेका थिएनौं' दर्शनकी आमा दुर्गा बस्नेतले भनिन् ‘पटक पटक छरछिमेकी र आफन्तले कुरा गर्न थालेपछि छोराको यस्तो क्षमताको बारेमा थाहा पाउँदा हामी दंग पर्‍यौं।’

छोरामा देखिएको अद्भूत स्मरण शक्तिले आमाबाबु पनि दंग छन्। ‘हाम्रो छोरासँग यस्तो अचम्मको स्मरण शक्ति रहेका । जुन हामी वा अरु कसैले सोच्न समेत सक्दैनौँ’ आमा दुर्गाले भनिन् ‘आठ बर्ष हुँदासम्म कुनै कुरा लेख्न त परै जाओस् कलम समेत समाउन जानेन। धेरै बर्षसम्म मन्टेश्वरीमा राखे पनि उनको पढाई लेखाईमा सुधार आउन सकेको थिएन।’

छोराको स्वभाव परिर्वतन नभएपछि परिवार पुरै चिन्तित भएका थिए। उपचारको लागि काठमाडौंको धेरै अस्पताल पुर्‍याए। धेरै ठाउँको धामी झाँक्रीकहाँ समेत लगेका थिए। तर, छोराले अन्य बालबालिकाले जस्तो व्यवहार नदेखाएपछि दिमागमा केही समस्या छ कि भनेर उनको सिटीस्क्यान पनि गरियो।

सिटीस्क्यानका लागि उनलाई सुताउन लठ्याउने औषघी प्रयोग गर्दा पनि त्यसले नछोएको दर्शनकी आमा  दुर्गा सम्झिन्छिन्। अहिले दर्शनको अवस्था क्रमिक रुपले सुधार समेत आउन थालेको छ। दर्शनले ठूलो भएर प्रहरी बन्ने लक्ष्य राखेको थाहाखबरसँगको कुराकानीमा बताए। आफ्नो बाबुआमा दुवैको जागिर प्रहरी भएकाले उनका प्रहरी बन्ने रुचि बढेको हुनसक्छ। उनलाई यस्तो सब कुरा कसरी आयो भनेर प्रश्न गर्दा आफैले जानेको बताउँछन्।

क्यालेण्डरमा भएको जुनसुबै मिति कण्ठस्थ भनेजस्दै पढेका पुस्तक पनि दर्शनले सम्झिन्छन् जसले गर्दा आफ्नो छोरामाथि ठूलो आशा राखेको दर्शनका बाबु रमेश सापकोटा बताउँछन्। ‘छोराको क्षमताको कुनै पक्षबाट पनि कदर भएको छैन’ उनको बाबु रमेश भने ‘दर्शनको अद्भूत क्षमतामाथि गर्व गर्न पाएको छु। एक दिन मेरो छोरोले मेरा आशा पूरा गर्नेछ।’

आफ्नो छोराले एकपटक हेरेको कुनै पनि कुरा नबिर्सने भएकाले एकदिन आफ्नो छोरा ठूलो मान्छे बन्नेमा उनको परिवार ढुक्क छन्। सुरुमा छोराको अवस्था देखेर उपचारको क्रममा धेरै दुःख पाएका थियौं। खर्च पनि धेरै भएको थियो। तर अहिले छोराको प्रतिभा देखेर धेरै खुसी भएका छन् दर्शनको बाबुआमा।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.