|

दमक : असार १४ गते हुने दोस्रो चरण अन्तर्गतको स्थानीय तह निर्वाचनका लागि झापामा पनि उम्मेद्वारीका लागि मनोनयन दर्ता सुरु भएको छ ।स्थानीय तह निर्वाचनको उम्मेद्वार बन्नका लागि मनोनयन दर्ता बिहान ८ बजेदेखि नै सुरु भएको हो।

जसअन्तर्गत पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीको गृहनगर दमकमा एमाले उम्मेद्वारी दर्ता गरी सकेको छ। एमालेले दमक नगरपालिकाको १० वटै वडामा ५२ जना जनप्रतिनिधिका लागि उम्मेद्वारी दर्ता गराएका छन्। एमालेका तर्फबाट प्रमुखमा रोमनाथ ओली र उपप्रमुखमा गीता अधिकारीले उम्मेदवारी दर्ता गराइसकेका छन्।

यस्तै वडा नम्बर १ को अध्यक्षमा हरिप्रसाद न्यौपाने, २ मा प्रजापति सप्पकोटा, ३ मा नवीन बराल, ४ मा कुमार सम्सोहाङ्ग, ५ मा इन्द्रबहादुर गुरुङ, ६ मा टेक बहादुर थापा,  मा नर्वदा देवी सिवाकोटी, ८ मा पशुपतिराज गौतम, ९ मा राम बहादुर धिमाल र ९ मा बोधराज न्यौपानेले वडाअध्यक्षका लागि उम्मेद्वारी दर्ता गराएका छन्।  दमकमा एमालेपछि कांग्रेस, राप्रपा र माओवादी केन्द्रलाई मनोनयन दर्ताको समय छुट्याएको निर्वाचन अधिकृत वेदराज फुयाँलले जानकारी दिए।

यस्तै केही स्वतन्त्र उम्मेदवारले पनि मनोनयन दर्ता गराएका छन्। स्वतन्त्र तर्फबाट वडा नम्बर ७ वडाअध्यक्षका लागि युवराज लिम्बूले पनि उम्मेद्वारी दर्ता गरीसकेका छन्। तराईका जिल्लाहरुमा संघीय गठबन्धनले मनोनयन दर्ता विथोल्ने गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरे पनि झापामा आन्दोलनको कुनै प्रभाव परेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.