|

  • मेगराज खड्का

रुकुम : गृहमन्त्री जनार्दन शर्माले तेस्रो चरणको निर्वाचन मिति मधेसमा आन्दोलनरत दलहरुसँगको सहमतिमै तोकिएको बताएका छन्। प्रेस सेन्टर नेपाल रुकुमले मुसिकोट खलंगामा गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री शर्माले तराई मधेसका जनताको मताधिकार सुनिश्चित गर्न असोज २ गतेका लागि चुनाव सारिएको बताए।

‘सत्ता साझेदार दल र राजपाबीच भएको सहमतिअनुसार नै निर्वाचन सार्ने निर्णय भएको हो,’ उनले भने, ‘अहिले राजपा आफैँले गरेको सहमति विपरीत गएर आन्दोलन गरिरहेको छ यो राम्रो कुरा होइन।’ सत्ता साझेदार दलहरुसंग भएको सहमतिअनुसार निर्वाचनमा होमिन उनले राजपालाई आग्रहसमेत गरे।

असार १४ मा हुने दोस्रो चरणको चुनाव शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न सम्पूर्ण सुरक्षा व्यवस्था मिलाइएको बताउँदै उनले शान्ति सुरक्षामा सुधार ल्याउन तल्लो तहमा कार्यरत सुरक्षाकर्मीलाई सेवा सुविधा थप गर्ने, नियमपूर्वक सरुवा बढुवा गरी उत्साह जगाउने र निर्वाचनमा खट्ने म्यादी प्रहरीलाई  सरकारले प्रमाणपत्रसहित सम्मान गर्ने समेत बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.