|

रुपन्देही  चुनाव बहिष्कार गरेको राष्ट्रिय जनता पार्टीका नेताहरुले रुपन्देहीमा स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन्। रुपन्देहीका सम्मरीमाई, मर्चवारीमाई र कोटहीमाईमा राजपाका नेताहरुले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका हुन्।

राजपाका नेता सर्वेन्द्रनाथ शुक्लको निर्वाचन क्षेत्र नम्बर ६ का गाउँपालिकाका १ सय ११ पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। सम्मरीमाई गाउँपालिकाको अध्यक्षमा अशोक कुमार शुक्ल, उपाध्यक्षमा कमालुद्दिन शेख स्वतन्त्र उम्मेदवार बनेका छन्। यस्तै कोटहीमाई गाउँपालिकाको अध्यक्षमा बालकिशुन तिवारी र

उपाध्यक्षमा असर्फी यादवले उम्मेदवारी दर्ता गराएका छन् भने मर्चवारी गाउँपालिकाको अध्यक्षमा राजकुमार सिंह र उपाध्यक्षमा जानकीप्रसाद चौधरीले उम्मेदवारी दिएका छन्। स्थानीय तहको निर्वाचन बहिष्कारस्वरुप शीर्ष नेताको उपस्थितिमा रुपन्देहीको भैरहवामा हिजो विरोधसभा गरेको  राजपाले आज स्वतन्त्र रुपमा उम्मेदवारी दिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.