|

काठमाडौं : बागमती प्रदेशसभा बैठकमा बिहीबार आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी गरिएको छ।

प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार बाँकी रहेका मन्त्रालयगत बजेट शिर्षकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिएपछि बजेट पास गर्नेतयारी गरिएको हो । 

त्यसका लागि बिहान ११ बजे बैठक बोलाइएको छ । आर्थिक वर्ष २०८०/०८१ को विनियोजन विधेयकमाथि प्रदेशका मन्त्रीहरूले प्रतिपक्ष दलहरूले दिएका सुझावका आधारमा बजेट तथा कार्यक्रमहरू कार्यान्वयन गरेर अघि बढ्ने बताए पछि अवरुद्ध हुँदै आएको बैठक बुधबारदेखि सहज भएको थियो।

बुधबारको बैठकमा भने भौतिक पूर्वाधार, वन तथा वातावरण, स्वास्थ्य मन्त्री लगायतले बजेटमाथि उठेका प्रश्नको जवाफ दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.