|

जनकपुरधाम : राष्ट्रिय जनता पार्टीले गरेको तराई मधेस बन्दको क्रममा जनकपुरमा प्रदर्शनमा उत्रेका ६ जना राजपा कार्यकर्ता प्रहरीसँगको झडपमा घाइते भएका छन्। ४१ जनालाई प्रहरीले पक्राउ गरेको छ।

बन्दको क्रममा विरोध प्रदर्शन तथा नारावाजी गर्दै तोडफोड गर्नेहरुलाई प्रहरीले रोक्न खोज्दा ६ जना घाइते भएका हुन्। घाइते हुनेहरुमा राजपाका केन्द्रीय सदस्य पुनम झा “मैथिली“, नेतृ रिता झा, कुन्ती पाठक र सीता चौधरी लगायत रहेका छन्। उनीहरुको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ।

प्रदर्शनको क्रममा उनीहरुलाई जनकपुरको जनकचोक, उप–महागरपालिका अगाडि र जिल्ला प्रहरी कार्यालय अगाडि लगायतका ठाउँबाट पक्राउ गरिएको धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.