|

गुल्मी : दोस्रो चरणमा असार १४ गते हुने स्थानीय निर्वाचनको लागि आइतबार बिहानैदेखि गुल्मीमा विभिन्न पार्टीका उम्मेदवारहरु उत्साहपूर्वक मनोनयन गरेका छन्। जिल्लामा रहेका २ नगरसहित १० गाउँपालिकाको लागि उम्मेदवारहरुले मनोनयनका लागि निर्वाचन कार्यालयमा पुगेका थिए।

जिल्लामा रहेका १२ वटै स्थानिय तहमा शान्तिपूर्ण रुपमा मनोनयन दर्ता भइरहेको मुख्य निर्वाचन अधिकृत मात्रिका मरासिनीले जानकारी दिए। शान्तिपूर्ण उत्साहपूर्ण वातावरणमा मनोनय दर्ता भएको मरासिनीले जानकारी दिए। मनोनयन दर्ताका लागि जिल्लामा ठूला तीन दललले सुरुमा साना दललाई समय दिएका थिए।

मनोनय दर्ताका लागि दलहरुले शक्ति प्रदर्शनसहित निर्वाचन कार्यालय पुग्ने गरेका थिए। नगरका विभिन्न ठाउँमा पुगी निर्वाचन कार्यालय पुग्ने गरेका थिए। जिल्लामा सुरुमा साना दलहरुलाई दिइएको छ भने त्यसपछि एमाले, माओवादी कांग्रेसलाई मनोनयन दर्ताको लागि समय बाँडिएको थियो।

जिल्लामा कांग्रेस, एमाले, माओवादी केन्द्र, नयाँ शक्ति, क्रान्तिकारी माओवादी लगायतका दललले प्रमुखसहित मनोनयन दर्ता गरेका छन्। केही साना दलहरुले वडाहरुमा अध्यक्षसहित मनोनय दर्ता गरेको छन्। प्रमुख तीन ठूला दलले जिल्लामा रहेका १२ वटा स्थानीय तहसहित ९३ वटा वडामा अध्यक्ष सहितका उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन्।

जिल्लामा रहेका पाँच स्थानीय तहमा कांग्रेस माओवादीकेन्द्रबीच चुनावी तालमेल  भएको छ। जिल्लाका रुरु गाउँपालिका, कालिगण्डकी गाउँपालिका, सत्यवती गाउँपालिका, धुर्कोट गाउँपालिका, छत्रकोट गाउँपालिकामा कांग्रेस माओवादीबीच तालमेल गरेर उम्मेदवार चयन गरेका छन्। एमालले भने एउटा गाउँपालिकामा मात्र जनमोर्चासँग तालमेल गरेको छ। जिल्लामा रहेको कालिगण्डकी गाउँपालिकामा एमाले र जनमोर्चाबीच तालमेल भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.