|

कपिलवस्तु :  कपिलवस्तुको बाणगंगा नगरपालिका, ४ गजेहडामा बम बिस्फोट हुँदा १० जना घाइते भएका छन्। १ बालिका र ३ महिला सहित दश जना घाइते भएको प्रहरीले बताएको छ। घाइतेलाई उपचारका लागि मर्सिसिटी अस्पताल बुटबल लगिएको छ।

नेकपा एमालेले मनोनयन दर्ता गरेर फर्किएपछि कांग्रेस र माओवादी केन्द्रको संयुक्त गठबन्धनले मनोनयन दर्ता गर्दै गर्दा बम विस्फोट भएको प्रहरी नायब निरीक्षक प्रह्लाद अधिकारीले बताए। नगरपालिकामा उम्मेदवारी दर्ता गरिरहेको स्थान नजिकै बम बिस्फोट भएको हो। अहिले स्थिति सामान्य रहेको प्रहरीको भनाइ छ। कसले किन बम बिस्फोट गरायो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

गजेहडा प्रहरी बिट नजिकै दिउँसो साँढे १ बजे बम बिस्फोट भएको थियो। घाइते १० जना मध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइते हुनेहरुमा वाणगंगा नगरपालिका ५ मटेरियाका ३८ वर्षिय लाल बहादुर थारु र सोहि ठाउँका ४५ वर्षिय शेषराम गुप्ता रहेका छन्।

विष्फोटमा परी वाणगंगा नगरपालिका ५ का बोझे थारु, सोहि ठाउँका विजय थारु, कमलेश प्रसाद लोनिया, वाणगंगा नगरपालिका ९ का रुपलाल गुरुङ, उनकी श्रीमती शुसीला गुरुङ र ७ महिनाकी छोरी मिनाक्षी गुरुङ लगायत घाइते भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.