सिन्धुपाल्चोक : अविरल वर्षापछि मेलम्चीमा आएको बाढीले ह्युम पाइप राखेर बनाइएको दुई पुलमा क्षति पुर्याएको छ।
गए रातिको वर्षाले मेलम्ची तथा इन्द्रावती दुवै नदीको ह्युम पाइपमा क्षति भएको फट्टेका स्थानीय दशरथ दनुवारले जानकारी दिए। ‘फट्टेबाट अब सवारीसाधन चल्ने अवस्था छैन’, उनले भने।
फट्टेको पुल क्षति हुँदा मेलम्ची नगरपालिका–७ र ८, हेलम्बु गाँउपालिका–२ र ३ तथा पाँचपोखरी थाङपाल गाउँपालिका–१ र २ का बासिन्दा प्रभावित भएका छन्।
इन्द्रावती नदीमा भने शुक्रबार बेलीब्रिज उद्घाटन गरिँदैछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।