|

खाँदबारी: संखुवासभाको सदरमुकाम रहेको खाँदबारी नगरपालिकामा असार १४ गते हुने स्थानीय तह निर्वाचनमा प्रमुख पदका लागि जीवनाथ खनालले स्वतन्त्रमा उम्मेदवारी दर्ता गराएका छन्।

खनालले बिहान ८ बजे मुख्य निर्वाचन कार्यालयमा एक नम्बरमा उम्मेद्वारी दर्ता गराएका हुन्। 

५८ वर्षका खनालले सञ्चय कोषबाट अवकाश भएपछि अब राजनीतिमा लाग्न आफू खुला भएको भन्दै बिग्रिएको देशको राजनीतिलाई सही मार्गमा ल्याउन आफूहरू जस्तै स्वतन्त्र व्यक्तिको राजनीतिमा सक्रियता आवश्यक भएको महसुस गरेर उम्मेदवारी दिएको बताए।

'मुलुक अराजकता, भ्रष्टाचार र अनियमितताको दलदलमा फसिरहेको देखिरहन सभ्य नागरिकले सक्दैन', आफ्नो उम्मेदवारीको प्रष्टीकरणमा उनले भने, 'धेरै केही गर्न सकिएला वा नसकिएला तर प्रयासचाहिँ हामीले गर्नुपर्छ भन्ने लाग्यो।'

खनाल तीन दशकदेखि पत्रकारितामा समेत क्रियाशील छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.