|

उदयपुर : मतदाता नामावलीमा नाम नभेटिएपछि त्रियुगा नगरपालिकामा नेकपा एमालेका उपप्रमुखको उम्मेदवार अन्तिम समयमा परिवर्तन गरिएको छ। उपप्रमुखको उम्मेदवारी मनोनयन दर्ताको तयारी गरेकी सिर्जना दनुवारको नाम नभेटिएपछि एमालेबाट गीता रेग्मीले मनोनयन दर्ता गराएकी हुन्।

एमालेले उम्मेदवार घोषणा गरेर चुनावी अभियान थालेको १० दिन बितिसकेपछि मतदाता नामावलीमा नाम नभेटिएपछि दनुवार उम्मेदवार बन्नबाट वञ्चित भएकी छन्। मनोनयन दर्ताको लागि दनुवारको नाम मतदाता नामावलीमा नभेटिएपछि रेग्मीलाई उपप्रमुखको उम्मेदवार बनाएको एमाले उदयपुरका जिल्ला सचिव परमेश घिमिरेले जानकारी दिए।

उपप्रमुखका लागि चर्चामा रहेका ३ महिलाहरु दनुवार, महेश्वरी राई र रेग्मीबीच टिकट हत्याउन सुरुदेखि नै चर्को प्रतिस्पर्धा रहेको थियो। यसैगरी एमालेबाट त्रियुगा नगरपालिकामा प्रमुखका लागि एमालेका केन्द्रीय सदस्य बलदेव चौधरीले मनोनय दर्ता गराएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.