प्रमुखमा ७, उपप्रमुखमा ५ जनाको स्वतन्त्र उम्मेदवारी

|

विराटनगरः विराटनगर महानगरपालिकाको प्रमुख पदका लागि १४ जनाको मनोनयन दर्ता भएको छ। 

मुख्य निर्वाचन अधिकृतको कार्यालय वीरेन्द्र सभागृहमा भएको मनोनयनको अन्तिम समय आइतबार अपराह्न ४ बजेसम्ममा सात जना स्वतन्त्रसहित १४ जनाले प्रमुखमा र पाँच जना स्वतन्त्रसहित १० जनाले उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन्।

प्रमुखका लागि नेपाली कांग्रेसबाट भीम पराजुली, एमालेबाट विनोद ढकाल, संघीय समाजवादीबाट उमेश यादव, राप्रपाबाट प्रह्लादप्रसाद साह, नेकपा मालेबाट लिलोमोहन राजवंशी, नेपाल समावेशी पार्टीबाट गोपालप्रसाद गिरी, चुरे भावर राष्ट्रिय एकता पार्टीबाट घनश्याम टण्डनको उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ। 

स्वतन्त्रबाट राजकुमार कार्की, पुष्पनारायण प्रधान, जगतप्रसाद अर्याल, ताराबहादुर तामाङ, गणेशराज विष्ट, डा. शिवप्रसाद अधिकारी र सन्तोष सरकारले प्रमुख पदका लागि उम्मेदवारी दिएका छन्। 

उपप्रमुखका लागि कांग्रेसबाट इन्दिरा कार्की, माओवादी केन्द्रबाट नमिता न्यौपाने, फोरम लोकतान्त्रिकबाट सूची चौधरी, नेकपा मालेबाट पानु पासवान र राप्रपाबाट शोभा श्रेष्ठले मनोनयन दर्ता गरेका छन्।

यस्तै स्वतन्त्रबाट उपप्रमुखका लागि उत्तम ढुंगेल, मुन्ना खान, श्यामप्रसाद घिमिरे, खुशीलाल यादव, विनोदकुमार यादव र कुबार मियाले उम्मेदवारी मनोनयन गरेको जिल्ला निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जानकारी दिए।

विराटनगर महानगरपालिकामा दुई लाख १४ हजार ६६३ जनसंख्या रहेको छ भने कूल मतदाता संख्या एक लाख १२ हजार ८३२ छ। १९ वटा वडा रहेको यस महानगरपालिकामा २९ मतदानस्थल र ११९ मतदान केन्द्र रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.