|

काठमाडौं : बाजुराको छेडेदह गाउँपालिकामा उम्मेदवारी मनोनयन दर्ताका लागि जाँदै गरेका नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुने छेडेदह गाउँपालिका वडा नम्बर ५ का हंश रावत रहेको बाजुराका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले जानकारी दिए।

प्रजिअ लामिछानेका अनुसार उम्मेदवारी मनोनयनका लागि जाँदै गरेका दुई दलका कार्यकर्ताबीच दिउसो पौने तीन बजे झडप भएको थियो। झडपमा अन्य केही घाइते छन्। सदरमुकाम मार्तडीबाट करिब ५/६ घण्टा टाढा रहेको छेडेदह गाउँपालिकाबाट उपचारका लागि सदरमुकाम ल्याइएका रावतलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

मृतक रावत आफ्ना कार्यकर्ता भएको दावी एमालेले गरेको प्रजिअ लामिछानेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.