|

काठमाडौं : नेपाली क्रिकेटर आरिफ शेखले यसै साताबाट श्रीलंकामा हुने एसिसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन्।  नेपाली क्रिकेट टोलीका मुख्य छनोटकर्ता दीपेन्द्र चौधरीले आरिफले पारिवारिक कारण नखेल्ने भएको जानकारी दिएका हुन्।​

आरिफ नखेल्ने भएपछि नेपालले उनको स्थानमा पवन सरार्फलाई मौका दिएको नेपाल क्रिकेट संघ क्यानले जनाएका छन्। आरिफ नेपालका भरपर्दा ब्याटर हुन्। उनले ४७ ओडिआईमा ६ अर्धशतकसहित ८ सय ७८ रन बनाएका छन्।

पवन १० महिनापछि नेपाली टोलीमा फर्किएका छन्। गतवर्ष भदौंमा केन्या भ्रमणमा कमजोर प्रदर्शनपछि पवन टोलीबाट बाहिरिएका थिए। पवन तल्लोक्रमका ब्याटिङ गर्नुको साथै स्पिन बलिङ गर्ने गर्दछन्। श्रीलंका जाने नेपाली क्रिकेट टोलीको क्यानले एक कार्यक्रमकाबीच बिहान बिदाइ गर्दैछ।

प्रतियोगिता १३ जुलाईदेखि २३ जुलाई सम्म श्रीलंकामा हुनेछ। नेपाल समूह बी मा छ। नेपाल, यूएई, पाकिस्तान र भारत ए छन्। त्यस्तै समूह ए मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र ओमान छन्। 

नेपालले १४ जुलाईमा पाकिस्तान ए सँग खेल्नेछ। नेपालले दोस्रो खेल १७ जुलाई मा भारत ए सँग खेल्नेछ। १९ जुलाईमा युएईसँग खेल्नेछ।  शीर्ष दुईमा रहन सके नेपालले २१ जुलाईमा सेमिफाइनल खेल्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.