|

बागलुङ : जिल्लाको बडिगाडमा सडक खन्ने क्रममा जेसीबीको ठक्करबाट बालकको मृत्यु भएको छ । 

बडिगाड गाउँपालिका–७ भत्रेनीबाट सोइरेनीसम्मको कच्ची सडक खन्ने क्रममा सोमबार साँझ जेसिबीको ठक्करबाट स्थानीय भानबहादुर घर्तीका छोरा  १४  वर्षीय सुनिलको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले जेसिबी चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.