|

काठमाडौं : सरकारले निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेकालाई निर्वाचन अवधिभर प्रहरी हिरासतमा राख्ने भएको छ। पहिलो चरणको स्थानीय तह निर्वाचनमा अवरोध गर्ने क्रममा पक्राउ परेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्तालाई सरकारले सार्वजनिक अपराध अभियोगमा मतदान नभएसम्म प्रहरी हिरासतमा राखेको थियो।

आइतबार दोस्रो चरणको निर्वाचन मोनयनका क्रममा अवरोध पुर्‍याउने, तोडफोड, आगजनीलगायतका गतिविधिमा  संलग्न रहेको अभियोगमा प्रदेश नम्बर १, ५ र ७ का विभिन्न जिल्लाबाट चार सयभन्दा बढी पक्राउ परेका छन्।

सार्वजनिक अपराध ऐनअन्तर्गत अनुसन्धानका लागि प्रहरीले २४ दिनसम्म हिरासतमा राख्न पाउँछ। सोही ऐनले दिएको अधिकार प्रयोग गरी उनीहरुलाई १४ गतेपछि हिरासतमुक्त गर्ने सरकारको रणनीति रहेको स्रोतले बतायो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.