दैलेख : दैलेखमा एकजना मेडिकल सञ्चालक पक्राउ परेका छन्। भगवतीमाई गाउँपालिका–२ वेस्तडा बजारमा मेडिकल व्यवसाय सञ्चालन गर्दै आएका जगतबहादुर शाहीलाई प्रहरीले बुधवार (आज) पक्राउ गरेको हो।
मेडिकल अवैधरूपमा सञ्चालनमा रहेको भनी अनुगमन टोलीले आवश्यक कागजात माग्दा शाहीले अनुगमन टोलीसँग अमर्यादित कार्य गरेको र अवैध मेडिकल सञ्चालन गरेको भन्दै प्रहरीले उनलाई आज पक्राउ गरेको हो।
अनुगमनमा गएको टोलीमाथि अमर्यादित कार्य गर्दै स्वास्थ्य सेवा कार्यालय दैलेखका फार्मासिस्ट दीपिन कोइरालाले कानुनबमोजिमका कागजात माग्दा धम्कीपूर्ण व्यवहार प्रदर्शन गरेकाले उनलाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालयले दैलेखका बजार निरीक्षण अधिकृत गणेशप्रसाद कोइरालाले बताए।
मेडिकल सञ्चालक शाहीले मेडिकलमा एक्सरे विशेषज्ञ सेवा लगायतका भ्रामक विज्ञापन समेत गरेको कोइरालाले बताए। मेडिकल सञ्चालक शाहीलाई यसअघि जिल्ला प्रशासन कार्यालयद्वारा पटक–पटक सचेत गाउँदा समेत अटेरी गर्दै व्यवसाय सञ्चालन गरेको जिल्ला प्रशासन कार्यालय दैलेखका प्रशासकीय अधिकृत समेत रहेका कोइरालाले बताए।
शाहीले फार्मासिस्ट र दर्ता विना भगवतीमाईमा मेडिकल सञ्चालन गरेको कोइरालाले बताए। शाहीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।