|

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्षमा थप ९०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको बताएका छन्।

बिहीबार राष्ट्रियसभा बैठकमा उनले अगामी आर्थिक वर्ष ०८०/८१ मा थप ९०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको बताएका हुन्। उनले आगामी १० वर्षभित्र २० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको बताए।

सोही अनुरुप ऊर्जा विकास दशकको मार्गचित्र र कार्ययोजनाका साथ मन्त्रालयले काम गरिरहेको उनले बताए।

उनले भने‚ ‘हाल करिब २७ सय मेगावाट करिब हामीसँग उत्पादनको क्षमता रहेको छ। आगामी वर्ष थप ९०० मेगावाट पुर्‍याउने राखेका छौँ भने आगामी १० वर्षभित्र निकै महत्वकांक्षी योजनाको फाउन्डेशन तयार गर्न गइराखेका छौँ। २० हजारभन्दा बढी मेगावाट विद्युत उत्पादन गर्ने हाम्रो लक्ष्य राखेका छौँ। र त्योअनुसार ऊर्जा विकास दशकको मार्गचित्र र कार्ययोजनाका साथ काम गरिराखेका छौँ।’

मन्त्री बस्नेतले विद्युतको आन्तरिक खपत क्षमता बढाउने पनि बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.