|
सांकेतिक तस्विर

कञ्चनपुर : बाघको आक्रमणबाट कञ्चनपुरको बेलौरीमा एक महिला घाइते भएकी छिन्। बाघको आक्रमणमा परी बेलौरी नगरपालिका–९ डाँडाकुण्डाकी २५ वर्षीया बिन्दु डगौरा घाइते भएकी हुन् ।

बिहीबार साँझ लालझाडी गाउँपालिका–६ चान्देउस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमा डगौंरालाई बाघले आक्रमण गरेको बेलौरी–९ का वडाध्यक्ष किसन रानाले जानकारी दिए। उनको उपचार धनगढीस्थित नवजीवन अस्पतालमा भइरहेको छ।

विन्दुलगायत १०/१२ महिलाको समूह च्याउ टिप्न गएको थियो। सोही क्रममा बाघले उनलाईआक्रमण गरेको हो। सबैले हो–हल्ला गरेपछि बाघ भाग्दा विन्दुको ज्यान जोगियो’, वडाध्यक्ष रानाले भने,‘आक्रमणबाट उनको आँखा र टाउकोमा चोट लागेको छ ।’ यसअघि बाघको आक्रमणबाट बेलौरी नगरपालिकामै एक महिलाको ज्यान गएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.