|

  • अनिल खत्री-

गुल्मी : दोस्रो चरणमा असार १४ गते हुने स्थानीय तह निर्वाचनको निम्ति आइतबार गुल्मीमा रहेका विभिन्न पार्टीका उम्मेदवारहरुले उत्साहपूर्वक मनोनयन दर्ता गरेका छन्। जिल्लामा प्रमुख दलहरुले मनोनयन दर्ता गर्ने क्रममा बृहत शक्ति प्रदर्शन,बाजागाजासहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। मुख्य निर्वाचन अधिकृत मात्रिका मरासिनीका अनुसार उत्साहपूर्ण वातावरणमा मनोनय दर्ता सम्पन्न भएको थियो।

कुन स्थानीय तहमा को?

रेसुङ्गा नगरपालिका

कांग्रेस प्रमुखमा भुवनप्रसाद श्रेष्ठ

प्रमुख अमृता कुँवर

एमाले प्रमुखमा    डिल्लीराज भुसाल

उपप्रमुख सीता भण्डारी

माओवादी केन्द्र   धर्म बिश्वकर्मा

उपप्रमुख कमला पुन

नयाँ शक्ति नेपाल प्रमुख पदमबहादुर खत्री

उपप्रमुख जमुना पाण्डेय        

मुसिकोट नगरपालिका

कांग्रेसबाट प्रमुख  कृष्णहरी सापकोटा

 उपप्रमुख बिष्णु सापकोटा  

 एमाले प्रमुख   सोमनाथ सापकोटा

उपप्रमुख  कमला शर्मा

माओवादीकेन्द्र पमुख खुम बहादुर थापा

उपप्रमुख हुमाकला खरेल

इश्मा गाउँपालिका

कांग्रेस प्रमुख  चन्द्रबहादुर महत

उपप्रमुख गिता घिमिरे

एमाले प्रमुख लक्ष्मण बिष्ट

उपप्रमुख बिमला खत्री

माओवादी केन्द्र प्रमुख बिमला थापा

उपप्रमुख दर्गाचन्द्र बोहरा

मालिका गाउँपालिका

कांग्रेस ज्ञानबहादुर कार्की

उपप्रमुख सिता अर्यालय

एमाले  प्रमुख   रितबहादुर थापा

उपप्रमुख देवा अर्याल रिजा

माओवादी केन्द्र प्रमुख देविराम अर्याल

उपप्रमुख शोभा थापा

मदाने गाउँपालिका

कांग्रेस प्रमुख  महेन्द्र कुँवर

उपप्रमुख शुसिला भुसाल

एमाले प्रमुख दानबहादुर केसी

उपप्रमुख सरिता खड्का

माओवादी केन्द्र प्रमुख बेगमचन्द बोहोरा

राप्रापा तालमेल उपप्रमुख ओमबहादुर केसी

नयाँ शक्ति प्रमुख राजेन्द्र जिसी

धुर्कोट गाउँपालिका

माओवादी केन्द्र र कांग्रेस तालमेल

माओवादी केन्द्रबाट  प्रमुख भुसाल पोखरेल

उपप्रमुख कांग्रेसबाट शिबबहादुर खत्री

एमाले प्रमुख   कृष्ण घिमिरे

उपप्रमुख  रिता थापा

नयाँ शक्ति प्रमुख चन्द्रबहादुर बिक

गुल्मी दरबार गाउँपालिका

प्रमुख कांग्रेस अशोक थापा

उपप्रमुख मिना भण्डारी

एमाले प्रमुख कृष्ण भुसाल

उपप्रमुख शुसिला पुन

 माओवादी केन्द्र प्रमुख मनिराम ज्ञवाली

उपप्रमुख सिता पाण्डेय

छत्रकोट गाउँपालिका

कांग्रेस माओवादी तालमेल

कांग्रेस प्रमुख  अनन्तराम पौडेल

माओवादी केन्द्र उपप्रमुख रामप्रसाद पाण्डेय

एमाले प्रमुख मधुकृष्ण पन्त

उपप्रमुख नर्मदा भण्डारी

नयाँ शक्ति प्रमुख जनक पन्थ

रुरु गाउँपालिका 

माओवादी केन्द्र कांग्रेससँग तालमेल

माओवादी केन्द्र प्रमुख यदु ज्ञवाली  

कांग्रेस उपप्रमुख  देबिन्द्र मल्ल

एमाले प्रमुख निलकण्ठ गौताम

उपप्रमुख लक्ष्मी पन्त

नेकपा क्रान्तीकारी माओवादी प्रमुख केशव अधिकारी

सत्यवती गाउँपालिका

कांग्रेस माओवादी बिच तालमेल

कांग्रेस प्रमुख पारिश्वर ढकाल

माओवादी केन्द्र उपप्रमुख टोपला अर्याल

एमाले प्रमुख अमरसिंह सिंजापती

उपप्रमुख सुर्वण शाही

नेकपा क्रान्तीकारी माओवादी प्रमुख प्रगती राना

चन्द्रकोट गाउँपालिका

कांग्रेस प्रमुख  द्रोण खत्री

उपप्रमुख भगवती अर्याल

एमाले प्रमुख मिमलाल श्रेष्ठ

उपप्रमुख राधिका अर्याल

माओवादी केन्द्र प्रमुख युवराज केसी

उपप्रमुख मिना बोहरा

नयाँ शक्त्ती प्रमुख तेजेन्द्र थापा

कालिगण्डगी गाउँपालिका

कांग्रेस माओवादी बिच तालमेल

कांग्रेस प्रमुख  बेद मगर

माओवादी उपप्रमुख ओमप्रकाश न्यौपाने

एमाले र जनमोर्चा बिच तालमेल

एमाले प्रमुख टिकाराम ढकाल

जनमोर्चा उपप्रमुख तारा थापा

नेकपा क्रान्तीकारी माओवादी प्रमुख ढोन्द पुलामी

आठ जनाले स्वतन्त्रबाट प्रमुख पदमा मनोनयन दर्ता

गुल्मीमा ८ जनाले स्वतन्त्रबाट प्रमुख पदमा मनोनयन दर्ता गरेका छन्।  गुल्मीमा रहेको रेसुङ्गा नगरपालिकामा मात्र नगर प्रमुखमा ३ जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गरेका छन्। जिल्लामा रहेका सबै स्थानिय तह मध्ये उक्त नगरमा धेरै स्वतन्त्र उम्मेदवार रहेका छन्।

नगरप्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गर्नेहरुमा अजय पन्ती, नन्दराम राना, नित्यानन्द पाण्डेय रहेका छन्। गाउँपालिका प्रमुखमा ५ गाउँपालिकहरु स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन्। धुर्कोटगाउँपालिका, भुपाल खत्री , चुरामणी शर्मा गुल्मी दरवार पदम बहादुर घर्ति, रुरु गाउँपालिका शम्भु गौतम,कालिगण्डकी रेशमराज न्यौपाने रहेका छन्।

सात स्थानीय तहमा तालमेल बिभिन्न पार्टी बिच तालमेल

जिल्लामा रहेका पाँच स्थानिय तहमा कांग्रेस माओवादीकेन्द्र बिच चुनावी तालमेल भएको छ। माओवादी केन्द्र र राप्रापा बिच पनि एउटा गाउँपालिकामा तालमेल भएको छ भने एमाले र जनमोचा बिच पनि एउटा गाउँपालिकामा तालमेल भएको छ। कांग्रेस र माओवादीबीच जिल्लाका रुरु गाउँपालिका, कालिगण्डकी गाउँपालिका, सत्यवती गाउँपालिका, धुर्कोट गाउँपालिका, छत्रकोट गाउँपालिकामा कांग्रेस माओवादी बिच तालमेल गरेर उम्मेदवा।र चयन गरेका छन्।

तालमेल अनुसार कालिगण्डकी गाउँपालिकामा कांगेसलाई प्रमुख माओवादी केन्द्रलाई उपप्रमुख, सत्यवत्ती गाउँपालिकामा कांगेसलाई प्रमुख माओवादी केन्द्रलाई उपप्रमुख पाउने गरि सहमति गरेका छन्। रुरु गाउँपालिकामा र धुर्कोट गाउँपालिकामा माओवादी केन्द्रलाई प्रमुख र कांग्रेसलाई उपप्रमुख पाउने गरि सहमती गरेका छन्।

 छत्रकोट गाउँपालिकामा कांगेसलाई प्रमुख माओवादी केन्द्रलाई उपप्रमुख सहमती अनुसार उम्मेदवारदी दिएका छन्। माओवादी केन्द्र र राप्रापा बिच पनि तालमेल भएको छ। मदाने गाउँपालिकामा भएको तालमेल अनुसार प्रमुख माओवादी केन्द्र र उपप्रमुख राप्रापाले पाउने सहमती गरेका छन्। 

 एमालेले भने एउटा गाउँपालिकामा मात्र जनमोर्चा संग तालमेल गरेको छ। जिल्लामा रहेको कालिगण्डकी गाउँपालिकामा एमाले र जनमोर्चाबीच तालमेल भएको छ। एमालेलाई प्रमुख र उपप्रमुखमा जनमोर्चाले पाउने गरि उम्मेदवारी दर्ता गरेका छन्। गुल्मीमा १२ स्थानिय तहमा ९३ वटा वडा रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.