|

काठमाडौं : नेपाली फिल्म क्षेत्रमा प्रतिक्षित बनेको चलचित्र 'प्रेम गीत २' को ट्रेलर सार्वजानिक भएको छ। काठमाडौमा एक कार्यक्रमको आयोजना गरी फिल्मको ट्रेलर सार्वजानिक गरिएको हो। सार्वजनिक ट्रेलरमा प्रेम, रोमान्स र एक्सन जस्ता कुराहरुलाई समेटिएको छ। आशुसेन फिल्मस् को ब्यानरमा तयार भएको 'प्रेमगीत २'लाई सन्तोष सेनले निर्माण गरेका हुन्। फिल्ममा रामशरण पाठकको लेखन तथा निर्देशन रहेको छ।

२०७२ मा प्रदर्शन 'प्रेम गीत'को सिक्वेलको रुपमा निर्माण भएको फिल्म 'प्रेम गीत २' मा प्रदिप खड्का, अश्लेशा ठकुरी, सन्तोष सेन, राजाराम पौडेल, भुवन चन्द, शिशिर भण्डारी लगायतका कलाकारको अभिनय रहेको छ। 'प्रेम गीत २' को छायांकन नेपाल, थाईल्याड र म्यानमारमा गरिएको हो। फिल्म साउन १३ गते बाट प्रदर्शनमा आउँदै छ।

हेर्नुहोस ट्रेलर : 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.