|

काठमाडौं : बाढी पूर्वानुमान महाशाखाले दोलखा र सिन्धुपाल्चोक  तथा आसपास भएर बहने केही स–साना नदी तथा खोलामा आइतबार उल्लेख्य बहाव बढ्ने सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको छ।

महाशाखाले संखुवासभा, रामेछाप, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, गोरखा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ, रोल्पा, दार्चुलाका साथै आसपास भएर बहने नदी तथा खोलामा पनि बहाव बढ्न सक्ने अनुमान गरेको छ ।

यस्तै कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला बागमती, पूर्वी  राप्ती पश्चिम राप्ती बबई र यसका प्रमुख सहायक नदीमा जलसतहमा सतर्कता तह बढ्ने क्रममा रहेको भन्दै महाशाखाले तीन दिन सतर्क रहन सुझाव दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.