|

काठमाडौं: काठमाडौंको चाबहिलमा रहेको केएल टावरमा केएल मोवाइल हव सञ्चालन गरिएको छ।  विश्‍वबजारका २३ मोवाइल कम्पनीका उत्पादन बेच्ने गरी केएल टावर मोवाइल हव प्रालिले सोमबारदेखि मोवाइल हब सुरु गरिएको हो।

मोवाइल हव सुरु गरेकै दिनदेखि केएल मोवाइल एक्स्पो पनि सुरु भएको छ। सोमबारदेखि १५ दिनम्म सञ्चालन हुने मेलामा लक्की ड्र मार्फत विभिन्न उपहार दिन व्यवस्था  गरिएको आयोजकले जनाएको छ। जसअनुसार केएल मोबाइल हवले एफक्युब सिनेमाको टिकट, क्लब डेजाबुमा ४ हजार रुपैयाँ बराबरको २ जनालाई प्रवेश कुपन, सेल्फी कन्टेस्टमा प्रथम हुनेलाई ग्यालेक्सी एस ८ पाउने व्यवस्था गरेको मोवाइल हवका  प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए।

त्यस्तै मोवाइल एक्स्पोमा मोवाइल अवलोकन गर्न आउनेहरुका बीच लक्की ड्र गरिने र भाग्यशाली अवलोकनकर्तालाई मलेसिया र सिंगापुरको टुर प्याकेज उपलब्ध गराइने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.