काठमाडौं: एन आई सी एशिया बैंकले दाङ जिल्ला स्थित घोराहीमा शाखा विस्तार गरेको छ। सोमबारदेखि घोराहीमा थप शाखा विस्तार गरेसंगै बैंकले ९२ वटा शाखा पुर्याएको छ।
बैंकले यसै आर्थिक वर्षमा थप ९ वटा शाखा विस्तार गर्ने तयारी गरेको छ। हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले शाखा विस्तार गर्ने कार्य जारी रहेको बैंकका प्रमुख सुचना अधिकारी रोशनकुमार न्यौपानेले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।