|

बागलुङः बेनीमा म्याग्दी नदीले बगाएकी एक बालिकाको सोमबार उद्धार गरिएको छ।

धौलागिरी गाउँपालिका– ३ मुना घर भई बेनी नगरपालिका– २ हाडेभीर बस्दै आएका बलबहादुर रसाइलीकी १० वर्षकी छोरी ममताको म्याग्दी नदीले बगाउँदै गरेको अवस्थामा प्रहरीले उद्धार गरेको हो। 

म्याग्दी नदीको मोटरेबल पुलबाट खोलामा खसेको चप्पल टिप्न जाने क्रममा ममतालाई नदीले ५० मिटर तलसम्म बगाएको थियो। 

नदीले बालिकालाई बगाएको देख्नेबित्तिकै प्रत्यक्षदर्शीले सूचना गरेपछि घटनास्थल पुगेर सकुशल उद्धार गरिएको प्रहरी निरीक्षक दिवाकर घिमिरेले बताए। 

ममताको अहिले बेनी अस्पतालमा उपचार भइरहेको छ। यसअघि गत महिना पनि कालीगण्डकी नदीले बगाएर बीच भागमा रहेको ढुंगामा अड््किएका एक पुरुषको प्रहरीले सकुशल उद्धार गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.