|

रुपन्देही : नेकपा एमाले बुटवल उपमहानगरपालिकाले स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। पत्रकार सम्मेलनको आयोजना गरी बुटवल उपमहानगरका प्रमुख र उपप्रमुख तथा वडाका उम्मेदवारहरुको उपस्थितिमा एमाले उपमहासचिव एवं पूर्व-अर्थमन्त्री विष्णु पौडेलले प्रतिबद्धता पत्र सार्वजनिक गरे।

एमालेले बुटवलको समग्र विकासलाई १६ वटा मुख्य बुँदामा राखेर प्रतिबद्धता पत्र तयार पारेको छ। प्रतिबद्धता पत्रमा प्रदेश नम्बर पाँचको राजधानी बुटवल बनाउने र बुटवललाई प्रदेश नं. ५ को सीमांकन यथावत् राख्ने विषयलाई पहिलो बुँदामा राखिएको छ। 

प्रतिबद्धता पत्रमा बुटवललाई देशकै नमुना एवं आधुनिक सहरको विकास गर्ने, कालीगण्डकी-तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना र तिनाउ दानवलाई कोरिडर आयोजनाको विस्तृत परियोजना प्रतिवेदन  एक वर्ष भित्र तयार गर्ने उल्लेख गरिएको छ।

सडक तथा यातायात सञ्जाल, खानेपानी, सरसफाई तथा फोहोर मैला व्यवस्थापन, बातावरण संरक्षण हरियाली र सहरी सौन्दर्य, पर्यटन प्रबद्र्धन, सुरक्षित आवास जग्गा विकास तथा सुकुम्बासी व्यवस्थापन जस्ता विशेष मुद्धाहरुलाई प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ।

व्यवस्थित बसोबकासका लागि आयोग गठन गर्ने र त्यसपश्चात सुकुमबासी एवं अव्यवस्थित बसोबासीहरुको पहिचान गरी जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउने, कोदाले, विटौरी र गाउब्लकका बाँकी कामहरु यथासिघ्र सम्पन्न गर्ने र मोतीपुर र सेमलरामा विशेष आवास क्षेत्र निर्माण गर्ने समेत बताइएको छ। उपमहानगरपालिका क्षेत्र भित्रका सम्भावित स्थानहरुमा व्यवसायिक खेतीका लागि कृषि विशेषज्ञ र अनुादनसहितको विशेष सहुलियत उपलब्ध गराउने पनि प्रतिबद्धतामा भनिएको छ।

सामाजिक सेवा सुरक्षा तर्फ सत्तरी बर्ष नाघेका जेष्ठ नागरिक, एकल महिला, विधवा, अपाङगता भएका व्यक्तिहरुलाई मासिक ५ हजार भत्ता बनाईने पनि प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ। बुटवलमा सूचना केन्द्र स्थापना, प्रत्येक वडामा न्युनत्तम एउटा खेलमैदान निर्माण, सरकारी कार्यालयबाट प्रदान गरिने

सेवामालाई सुसासन युक्त, सुलभ, भ्रष्टचारमुक्त र उत्तरदायी बनाउने, उपमहानगर क्षेत्रिभित्रका प्राकृषिक स्रोत साधनहरुलाई जनताको हित र नगरको विकासमा परिचालन गर्ने जस्ता विषयलाई पनि एमालले प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ।

के छ एमाले बुटवल उपमहानगरपालिकाको प्रतिवद्धता पत्रमा?

- प्रदेशको आर्थिक विकासको इन्जिनका रूपमा रहेको बुटवल उपमहानगरपालिकालाई पाँच नम्बर प्रदेशको केन्द्र प्रादेशिक राजधानी बनाउन पहल गर्ने।

        बुटवल उपमहानगपालिकालाई महानगरपालिकामा स्तरोन्नति गर्ने।

- बुटवललाई आधुनिक एवं स्मार्ट सिटी एवं सेमलार र मोतीपुरलाई स्याटलाईट सिटीमा विकास गर्ने।

- कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना र तिनाउ–दानव कोरिडर आयोजना निर्माण गर्ने।

- बुटवल उपमहानगरलाई प्रादेशिक राजधानीका लागि अनुकूल हुने गरी सडक र सञ्चार सञ्जाल एवं  अन्य पूर्वाधार निर्माण गर्न।

- निर्माणाधीन अवस्थामा रहेका वा प्रकृयामा रहेका गौतमबुद्ध  अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनी तथा बृहत् लुम्बिनी गुरुयोजना, बुटवल-सुनौली सडक, बृहत् लुम्बिनी चक्रपथ, बुटवल–गैँडाकोट सडक, सिद्धार्थनगर–लुम्बिनी सडक, तिनाउ–दानव कोरिडोर सडक तथा पुलहरू, बेलवास–बेथरी सडक, तामनगर–बेथरी सडक, बेलवास–नुवाकोट-झुम्सा सडक, सिद्धार्थ राजमार्ग, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तथा प्रदर्शनीस्थल, सरकारी स्वामित्वको मेडिकल कलेज, मोतीपुर औद्योगिक क्षेत्र, झुम्साखोला लगायतका खानेपानी आयोजना, फोहोर मैला प्रशोधन केन्द्र, लुम्बिनी अञ्चल अस्पतालको स्तरोन्नति जस्ता आयोजनाहरूलाई शीघ्र एवं प्रभावकारी रूपमा कार्यान्वयन गर्न।

-       लुम्बिनी बस टर्मिनललाई नगरबस टर्मिनलका रूपमा व्यवस्थित गरि थप अत्याधुनिक प्रादेशिक बस टर्मिनल निर्माण गर्न।

- चक्रपथ निर्माण गर्ने।

-       तिनाउ पुलदेखि तामनगरसम्मको पूर्व–पश्चिम राजमार्गलाई ६  लेनको सडकमा स्तरोन्नति गर्ने।

-       बुटवलदेखि सिद्धार्थनगर, लुम्बिनी, तिलौराकोट, देवदह र रामग्राम जोड्ने गरी टुरिस्ट बस, ट्रलिबस र मेनोरेल सेवा सञ्चालनमा ल्याउने पहल गर्ने।

-       बुटवल उपमहानगरलाई हरियाली सहरका रूपमा विकास गर्ने। 

-       बटौली (पुरानो बुटवल) लाई मौलिक एवं परम्परागत शैली सहितको आधुनिक सहरका रूपमा पुनर्निर्माण गर्ने र रात्रिकालीन बजारको रुपमा विकास गर्ने।

-       बुटवल उपमहानगर क्षेत्रलाई ‘पर्यटक विश्राम स्थल’का रूपमा विकास गरी आतिथ्यताको सहर बनाउन।

-       सिद्धबाबा, तिनाउ पुल र मघरघाट क्षेत्रमा बाँध बाँधी जल पर्यटनको विकास  गर्ने।

-       तिनाउ–दानव कोरिडर क्षेत्रमा मनोरञ्जनात्मक पार्कहरूको विकास गर्ने।

-       सुकुम्बासी एवं अव्यवस्थित बसोबासीहरूलाई जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउन तथा कोदाले, विटौरी र गाउँबल्क तथा गुठीसम्बन्धि जग्गाको समस्या समाधान गर्ने।

-       मोतीपुर र सेमलारमा  बृहत्तर जग्गा विकास आयोजना सञ्चालन गरी सहरी विकास अघि बढाउने। 

-       उपमहानगरभित्र सञ्चालनमा रहेका कृषि हाटबजारलाई आधुनिकीकरण गर्ने।

-       हालको औद्योगिक क्षेत्रलाई पूर्ण क्षमतामा सञ्चालन गर्न, रुग्ण अवस्थामा रहेको बुटवल धागो कारखानालाई आधुनिक प्रविधि र यन्त्र उकरणको व्यवस्थासहित पुनः सञ्चालनमा ल्याउने।

-       मोतीपुरमा प्रस्तावित प्रदूषणरहित आधुनिक औद्योगिक क्षेत्रको निर्माण दुई वर्षभित्र सम्पन्न गरी त्यहाँ सिर्जना हुने रोजगारीमा स्थानीय बासिन्दाहरूलाई प्राथमिकता दिन।

-       निजी क्षेत्र एवम् प्रादेशिक तथा संघीय सरकारसँगको सहकार्यमा ‘रोजगार बैंक’ स्थापना गर्ने।

-       माध्यमिक तहसम्मको शिक्षा निःशुल्क गर्ने।     

-      बुटवलमा प्रादेशिक विश्वविद्यालय स्थापना गर्ने।

-       वडास्तरमा नगर स्वास्थ्य क्लिनिक सञ्चालन गरि प्राथमिक उपचार, खोप सेवा, पोषण सेवा, प्रजनन् स्वास्थ्य सेवा, मातृशिशु स्वास्थ्य सेवा, गर्भवती महिला स्वास्थ्य परीक्षण, बाल स्वास्थ्य सेवा उपलब्ध गराउन।

-       लुम्बिनी अञ्चल अस्पताल, सिद्घार्थ महिला तथा बाल अस्पताल र गौतम बुद्व सामुदायिक मुटु अस्पतालहरूको क्षमता अभिवृद्धि गरी आमजनताको स्वास्थ्योपचारलाई सुनिश्चित गर्नुका साथै विशेषज्ञ सेवाको दायरा विस्तार गर्ने।

-       लुम्बिनी अञ्चल अस्पताललाई प्रादेशिक स्तरको अस्पतालका रूपमा विकास गर्ने। साथै, उपचारमा नागरिकको पहुँचलाई सहज र सरल तुल्याउन।

-       सत्तरी वर्ष नाघेका ज्येष्ठ नागरिक, एकल महिला, विधवा, अपाङ्गता भएका व्यक्तिका लागि राज्यले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता वृद्धि गरी मासिक रु. पाँचहजार बनाउने।

-       विपन्न वर्ग, महिला, दलित, जनजाति, अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति र वेरोजगारहरूका लागि रोजगारीमा आधारित विशेष कार्यक्रम संचालन गर्ने।

-       जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र पाँचवर्ष मुनिका बालबालिकाहरूलाई निःशुल्क यातायात सेवा उपलब्ध गराउन जेष्ठ नागरिक सेवा केन्द्र तथा दिवा सेवा केन्द्र स्थापना गर्ने।

-       गरिवको पहिचान गरी उनीहरूलाई राज्य संरक्षण परिचयपत्र र विशेष सुविधा उपलब्ध गराउन।

-       हिंसापीडित महिलाहरूका लागि जीवन निर्वाहको व्यवस्था सहित सेफ हाउस सञ्चालन गर्ने।

-       सिटिजन स्मार्ट कार्डको ब्यवस्था गर्ने।

-       महत्वपूर्ण सार्वजनिक स्थानहरूमा ‘फ्रि वाइफाइ जोन’को ब्यवस्था गर्ने ।

-       फिफा टेक्निकल सेन्टरको पूर्वाधार निर्माण, क्षमता विकास र स्तरोन्नति गर्ने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.