|
प्रतीकात्मक तस्विर

महोत्तरी : महोत्तरी गाउँपालिका–२ स्थित एनएमबी बैंकमा लुटपाट गर्ने भारतीय नागरिक पक्राउ परेका छन्। भारतको विहार राज्य मधुबनीका २० वर्षीय अजयकुमार साफी पक्राउ परेका हुन्।

साफीलाई प्रहरीले बुधबार साँझ महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित नेपाल भारत सीमा नजिकबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार गत जेठ १६ गते १५ लाख लुटेको घटनामा साफी संलग्न थिए । पाँच जनाको समूहमा आएको नकाबधारी समूहले बैंकका कर्मचारी तथा सेवाग्राहीसमेतलाई कब्जामा लिएर रकम लुटेको थियो। त्यसपछि पाँचैजना नम्बर नखुलेको मोटरसाइकलमा उनीहरू फरार भएका थिए।
    
लुटपाटमा संलग्न अन्यको पहिचान भइसकेको प्रहरीले जनाएको छ । चाँडै नै उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरिने प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.