|

काठमाडौं : गृह मन्त्रालयले स्थानीय तहका पदाधिकारीहरुको निर्वाचनपछि उनीहरुलाई समेत समेटेर नयाँ मर्यादाक्रम तयार पारेको छ। जस अनुसार राष्ट्रपतिलाई पहिलो नम्बरमा राखिएको छ। हालको परिवर्तित अवस्थामा राष्ट्रपति लगायत राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका व्यक्तिहरुको मर्यादाक्रम अनुसार दोस्रो स्थानमा उपराष्ट्रपति, तेस्रोमा प्रधानमन्त्री, चौथोमा प्रधानन्यायाधीश र पाँचौमा सभामुख रहने व्यवस्था गरिएको छ। 

त्यस्तै पूर्व राष्ट्रपति र उपप्रधानमन्त्री छैठौं, संसदको विपक्षी दलका नेता, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व प्रधानन्यायाधीश, उपसभामुख, पूर्व सभामुख सातौं नम्बरको मर्यादाक्रममा रहने व्यवस्था गृह मन्त्रालयले गरेको छ। 

वरियताको आठौं नम्बरमा राज्य मन्त्री, संसदीय समितिका सभापतिहरु, नवौं नम्बरमा योजना आयोगका उपाध्यक्ष र प्रज्ञा प्रतिष्ठानका कुलपति, दशौं नम्बरमा सर्वोच्च अदालतका न्यायाधीश र न्यायपरिषदका सदस्य, ११ औं र १२ औं नम्बरमा क्रमश सहायक मन्त्री र संसद रहने व्यवस्था गरिएको छ। 

गृह मन्त्रालयले जारी गरेको नयाँ मर्यादाक्रमको १८ औं नम्बरमा जिविस सभापति र महानगरपालिका प्रमुख रहनेछन्। उपमहानगरपालिका प्रमुख र नगरपालिका प्रमुखहरु १९ औं वरियतामा रहेका छन्। १९ औं नम्बरमा नै सहसचिव, जिल्ला न्यायाधीशहरुलाई पनि राखिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.